२०८३ बैशाख २३ गते , बुधबार
श्रीमतीसँग झगडा हुँदा श्रीमानले ब्लेडले आफ्नै घाँटी काटेपछि...
झापाको अर्जुनधारामा श्रीमतीसँग झगडा हुँदा श्रीमानले ब्लेडले आफ्नै घाँटी काटेका छन् । गएराति ९ः३० बजेतिर अर्जुनधारा नगरपालिका ८ नारायण चौक बस्ने २१ वर्षीय दीपक टुडूले घरमा श्रीमतीसँग झगडा हुँदा ब्लेडले आफ्नै घाँटी काटेका हुन् ।
घाइते टुडूलाई बिर्तामोडस्थित मनमोहन अस्पतालमा ल्याई सामान्य उपचारपश्चात् थप उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।