२०८३ बैशाख ३० गते , बुधबार

झापामा दाजु, भाउजू र भतिजामाथि बियरको बोतल प्रहार गरेपछि....

sajilo news
झापा
२०८२ बैशाख १६ गते , मंगलबार
झापामा दाजु, भाउजू र भतिजामाथि बियरको बोतल प्रहार गरेपछि....

झापाको कनकाईमा घरायसी विषयमा विवाद हुँदा एक युवकले आफ्नै दाजु, भाउजू र भतिजामाथि बियरको बोतल प्रहार गरी घाइते बनाएका छन् ।

गएराति अन्दाजी १० बजे कनकाई नगरपालिका ३ सुरुङ्गाका ३० वर्षीय प्रवीण शर्माले मादक पदार्थ सेवन गरी घरायसी विषयमा विवाद हुँदा आफ्नै दाइ ३७ वर्षीय नवीन शर्मालाई टाउकोमा बियरको बोतलले हानेका थिए । उनले सोही फुटेको बोतलले दाइको पेटमा र बायाँ कुममा समेत प्रहार गरेका थिए । त्यस्तै भाउजू ३२ वर्षीया ज्योति शर्मा र भतिजा ११ वर्षीय आरएन शर्मामाथि पनि प्रहार गरेका छन् ।

तीनै जना घाइतेको कनकाई नगर अस्पताल सुरुङगामा उपचार भइरहेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी वरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालको कमान्डमा प्रहरी टोली खटिएर कुटपिट गर्ने प्रवीण शर्मालाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार