२०८३ बैशाख ३० गते , बुधबार

भद्रपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ

sajilo news
झापा
२०८२ बैशाख १५ गते , सोमबार
भद्रपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ

भद्रपुर । भद्रपुरमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा पाँचथर पौवासर्ताप गाउँपालिका-३ का २४ वर्षीय सन्तबहादुर लामा र फिदिम नगरपालिकाका-२ का २२ वर्षीय मिलन परियार रहेका छन् । 

सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरबाट खटिएको टोलीले सोमबार बिहान साढे ११ बजेको समयमा भद्रपुर-४ मा भारतबाट नेपालतर्फ आउँदै गरेको मे ९ प ९८४७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शङ्का लागि चेकजाँच गर्दा लामाको साथबाट अन्दाजी १ ग्राम ब्राउन सुगर र नाइट्राजेपाम ९ पिस ट्याब्लेट र परियारको साथबाट अन्दाजी २ ग्राम ब्राउन सुगर बरामद गरिएको थियो । प्लास्टिकसहित बरामद गरिएको ३ ग्राम ब्राउन सुगर उनीहरूलाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय भद्रपुरमा बुझाइएको जनाइएको छ । 

सम्बन्धित समाचार