२०८३ असार ३ गते , बुधबार
चट्याङले लागेर १७ वटा भैँसी मरे
सङ्खुवासभाको मकालु गाउँपालिका –३ कालोपातलमा चट्याङले लागेर १७ वटा भैँसी मरेका छन् । आइतबार दिउँसो १ बजेतिर सोही ठाउँ बस्ने पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीको भैँसीहरू चरिरहेको अवस्थामा अचानक वर्षासँगै परेको चट्याङले १७ वटा भैँसी मरेका हुन् । साँझ ६ः५० बजे इलाका प्रहरी कार्यालय हेदाङनामा जानकारी प्राप्त भएपछि प्रहरी टोली जान लागेको बताइएको छ ।