२०८३ असार ३ गते , बुधबार
ताप्लेजुङमा हावाहुरीबाट ठूलो क्षति
ताप्लेजुङमा हावाहुरीबाट ठूलो क्षति भएको छ । आज दिउँसो २ बजेदेखि लगातार चलेको हावाहुरीका कारण फुङलिङ नगरपालिका –१०, मयाम बस्ने मानबहादुर लिम्बूको घर, धनबहादुर लिम्बूको भान्सा र सुरबहादुर खत्रीको कटेरोको छाना उडाई क्षति पुर्याएको छ ।
त्यस्तै ताप्लेजुङ जिल्लामा बिद्युत् आपूर्तिमा समस्या भएको छ भने सञ्चारमाध्यमहरू प्रभावित बनेका छन् । हावाहुरीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।