२०८३ असार ३ गते , बुधबार

घरको फूलबारीमा खेल्ने क्रममा सर्पले डस्दा एक बालकको मृत्यु

sajilo news
मोरङ
२०८२ बैशाख १३ गते , शनिबार
घरको फूलबारीमा खेल्ने क्रममा सर्पले डस्दा एक बालकको मृत्यु

विषालु सर्पले डसेर मोरङमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी नगरपालिका-४ स्थित हिमालय चोक निवासी कुमार विश्वकर्माको ६ वर्षीय छोरा विपिन विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज दिउँसो १ बजेको समयमा आफ्नै घरको फूलबारीमा खेल्ने क्रममा बालक विपिनलाई सर्पले डसेको थियो । उनलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगेकोमा दिउँसो २ बजे मृत्यु भएको  थियो । घटनाको बारेमा इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार