२०८३ असार ३ गते , बुधबार

इलाममा खुकुरी प्रहार गरी एक महिलाको हत्या

sajilo news
इलाम
२०८२ बैशाख १३ गते , शनिबार
इलाममा खुकुरी प्रहार गरी एक महिलाको हत्या

इलाममा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ । शुक्रबार साँझ ७ बजेतिर इलाम माई नगरपालिका-४ सिंजालीटार बस्ने ५२ वर्षीया भूमिका चापागाईँको हत्या भएको हो । सोही ठाउँ बस्ने ४२ वर्षीय शान्तिराम दुलालले भूमिकामाथि खुकुरी प्रहार गरेका थिए । टाउकोमा चोट लागेकी घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा राति १०ः२० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

खुकुरी प्रहार गर्ने दुलाललाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय इलाम लगिएको डीएसपी मानबहादुर राईले जानकारी दिए । छिमेकीको घरमा दूध लिन जाँदै गरेकी भूमिकालाई बहिनी ज्वाइँ दुलालले खुकुरी प्रहार गरेका हुन् । दुलालसँग उनकी श्रीमती गीता चापागाईँको माना चामल र अंश मुद्दा चलिरहेको बताइएको छ ।

सम्बन्धित समाचार