झापामा बस दुर्घटना, शिक्षकसहित २१ जना घाइते (नामावलीसहित)
झापाको शिवसताक्षीमा यात्रुबाहक बस दुर्घटना हुँदा शिक्षकसहित २१ जना घाइते भएका छन् । काठमाडौँबाट झापा आइपुगेको सयपत्री यातायातको प्रदेश १–०१–००१ ख ४२३५ नम्बरको बस शिवसताक्षी नगरपालिका-९ दुधेको मिलन चौकमा शनिबार बिहान अन्दाजी साढे ५ बजे अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बसमा मेचीनगरका १३ जना शिक्षक रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घाइतेहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । उनीहरूको बिर्तामोडस्थित बिएण्डसी, बिर्तासिटी अस्पतालमा उपचार भइरहेको बताइएको छ । बस चालक शिवसताक्षी नगरपालिका ८ झिलझिले बस्ने ३८ वर्षीय महेन्द्र कन्दङवालाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।
घाइतेहरूको नामावली यस प्रकार रहेको छ ।
बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारार्थ घाइतेहरू
१.जिल्ला झापा मेचीनगर नगरपालिका –१ बस्ने वर्ष– ५५ का टेकचन्द्र फुयाँल अवस्था सामान्य ।
२. जिल्ला दोलखा गौरीशंकर नगरपालिका ४ बस्ने वर्ष– ५२ का शान्तिप्रसाद उप्रेती सामान्य ।
३. जिल्ला इलाम सन्दकपुर गाउँपालिका – ५ बस्ने वर्ष ४६ का गोपाल खतिवडा सामान्य ।
४. जिल्ला झापा मेचीनगर नगरपालिका १४ बस्ने वर्ष– ५२ का सिकेन्द्र ढकाल टाउकोमा चोट अवस्था सामान्य ।
५. जिल्ला झापा अर्जुनधारा नपा १० बस्ने वर्ष ४० का लोकनाथ ढकाल टाउकोमा चोट सामान्य
६. जिल्ला पाँचथर फाल्गुनन्द गापा ७ बस्ने वर्ष ४५ का सिताराम अधिकारी टाउकोमा चोट सामान्य ।
७. जिल्ला कालिकोट रास्कोट नपा४ बस्ने वर्ष ३६ को पूर्णनाथ योगी टाउकोमा चोट सामान्य ।
८. जिल्ला झापा कचनकवल गापा ३ बस्ने वर्ष २० का श्याम तामाङ टाउकोमा चोट सामान्य।
९. जिल्ला झापा मेचीनगर नगरपालिका १ बस्ने वर्ष ३९ का अनिल बि.क. हात खुट्टामा चोट सामान्य ।
बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारार्थ घाइतेहरू:–
१. जिल्ला झापा भद्रपुर नगरपालिका ५ बस्ने वर्ष– ३७ का भोला पन्थी सामान्य ।
२. जिल्ला इलामा फाकफोथुम गाउँपालिका ३ बस्ने वर्ष– ३५ का सन्तोष आचार्य सामान्य
३. जिल्ला झापा बिर्तामोड नगरपालिका – ६ बस्ने वर्ष– ४३ की शान्तिमाया राई सामान्य ।
४. मेचीनगर नगरपालिका – ९ बस्ने वर्ष– ४६ का ईश्वरप्रसाद भण्डारी सामान्य।
५. ऐ.ऐ. १३ बस्ने वर्ष ३२ की सृजना प्रसाईँ सामान्य ।
६. ऐऐ. बस्ने वर्ष– ५२ की सिता मगर सामान्य ।
७. ऐऐ. १३ बस्ने वर्ष– ५० को सिताराम रिमाल सामान्य ।
८. ऐऐ. ४ बस्ने वर्ष– ५५ को मीनबहादुर पौडेल सामान्य ।
९. जिल्ला पाँचथर आङसराङ बस्ने वर्ष– २८ का दीपक सुब्बा
१०. जिल्ला झापा मेचीनगर नगरपालिका –८ बस्ने वर्ष– ४२ का पदम प्रसाद पौडेल सामान्य ।
११. कनकाई नगरपालिका –३ बस्ने वर्ष– २४का राजन चिमरिया सामान्य ।
१२. जिल्ला रौतहट राजपूत नगरपालिका ५ बस्ने वर्ष– २५ का विक्रमकुमार दास सामान्य ।