२०८३ असार ३ गते , बुधबार

२४ घण्टा नबित्दै ट्राफिकले नागरिकलाई कुटेको अर्को भिडिओ बाहिरियो

sajilo news
झापा
२०८२ बैशाख १२ गते , शुक्रबार
२४ घण्टा नबित्दै ट्राफिकले नागरिकलाई कुटेको अर्को भिडिओ बाहिरियो

ट्राफिक प्रहरीले हिजो एक युवालाई बुटैबुटले हानेको भिडिओ भाइरल भयो। केही महिना अघि सुन्धारामा भएको उक्त घटनामा संलग्न रहेका ४ प्रहरीलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान थालिएको उपत्यका ट्राफिक प्रहरीले सार्वजनिक गर्‍यो।

त्यसको २४ घण्टा बित्न पाएको छैन, त्यसैगरी लछारपछार गर्दै अर्का युवालाई ट्राफिकले कुटपिट गर्दै गरेको भिडिओ पनि आज सार्वजनिक भएको छ।

किन भागेको भन्दै एक युवालाई लखेट्दै समातेर कुटेको सार्वजनिक भिडिओमा देखिन्छ। प्रहरीले उक्त विषयमा जानकारी लिने काम भइरहेको जनाएको छ। कहिलेको र कहाँको भिडिओ हो भनेर यकिन भइसकेको छैन।

सम्बन्धित समाचार