२०८३ असार ३ गते , बुधबार

रुखले किचेर इलाममा एक महिलाको मृत्यु

sajilo news
इलाम
२०८२ बैशाख ११ गते , विहीबार
रुखले किचेर इलाममा एक महिलाको मृत्यु

रुखले किचेर इलाममा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम फाकफोकथुम–३ की ४२ वर्षीया जमुना मगर रहेको प्रहरीले जनाएको छ । 

बिहीबार दिउँसो ४ः१० बजे फाकफोकथुम–३ सल्लेरीस्थित लुङ्गेली जंगलमा घाँस दाउरा काट्न जाँदा सुकेको मक्किएको रुख ढल्दा किचेर मगरको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा प्रहरी चौकी आमचोकको टोली जाँदै गरेको बताइएको छ ।

सम्बन्धित समाचार