२०८३ असार ३ गते , बुधबार

झापामा ट्याक्टरको इन्जिनले किचेर सहचालकको मृत्यु 

sajilo news
झापा
२०८२ बैशाख ११ गते , विहीबार
झापामा ट्याक्टरको इन्जिनले किचेर सहचालकको मृत्यु 

झापाको बुद्धशान्तिमा ट्याक्टरको इन्जिनले किचेर सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका-१ निवासी २४ वर्षीय प्रेम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार बिहान ११ बजेको समयमा बुद्धशान्ति-१ को भित्री सडक खण्डमा बिरिङ खोलाबाट ढुंगा बोकेर भोटेटार गाउँतर्फ जाँदै गरेको प्र १-०१-००२ त ८३३ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको थियो । ट्याक्टर पल्टिदा इन्जिनले किचेर सहचालक गुरुङ गम्भीर घाइते भएका थिए ।

उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएपनि डाक्टरले मृत घोषित गरिदिएको थियो ।  सोही ठाउँका ट्याक्टर चालक ३४ वर्षीय गणेश गुरुङलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ । ।

 

सम्बन्धित समाचार