हैदराबादलाई हराउँदै मुम्बई तेस्रो स्थानमा उक्लियो
आइपीएलमा मुम्बई इण्डियन्सले नवौं खेलमा पाँचौं जित हात पार्दा लिगको तेस्रो स्थानमा उक्लिएको छ। मुम्बईले गएराति सनराइजर्स हैदरबादलाई ७ विकेटले हराएका हो। जितको लागि १ सय ४४ रनको लक्ष्य मुम्बईले १५ दशमलव ४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। उसका लागि रोहित शर्माले ४६ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक ७० रन बनाए।
१९ बलमा सूर्यकुमार यादव ४० रनमा अविजित रहँदै टिमलाई जित दिलाए। विल ज्याक्सले २२ रन बनाएका थिए। बलिङमा जयदेव उनादकट, इशान मालिङ्गा र जिशन अन्सारीले १–१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको हैदरबादले कडा संघर्ष गर्दै ८ विकेटको नोक्सानीमा १ सय ४३ रन बनायो। अत्यन्त खराब सुरूवात गरेको सनराइजर्सले मात्र १३ रन जोड्दा ४ महत्वपूर्ण विकेट गुमाएको थियो।
ओपनर ट्राभिस हेड बिना रन जोडी आउट भए। इशान किशन १ रनमा, अविनाश शर्मा ८ रनमा र नितिश कुमार रेड्डी २ रनमा पबिलियन फर्किए। यसपछि पाँचौं विकेटको रूपमा अंकित बर्मा १२ रनमा आउट भए।
त्यसपछि हेन्रिक क्लासेन र अभिनव मनोहर ले छैटौं विकेटको लागि ९९ रन बनायो। अभिनव ४३ रन बनाएर आउट भए। हेन्रिकले ४३ बल खेल्दै ९ चौका र२ छक्का प्रहार गर्दै ७१ रनको पारी खेले।
बलिङमा ट्रेन्ट बाउल्टले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए। दीपक चाहरले २ विकेट झारे। खेल खेलेर १० अंक बनाएको मुम्बई तेस्रो स्थानमा उक्लिएको छ। आठौं खेलमा छैंटौं हार भोगेको सनराइजर्ससँग मात्र ४ अंक छ। सनराइजर्स लिगको नवौं स्थानमा छ।