२०८३ असार ३ गते , बुधबार

पहलगाम आतंकवादी हमलामा मारिएका सुदीपको शव नेपाल आइपुग्यो

sajilo news
झापा
२०८२ बैशाख ११ गते , विहीबार
पहलगाम आतंकवादी हमलामा मारिएका सुदीपको शव नेपाल आइपुग्यो

भारत जम्मू-कश्मिरको पहलगाममा भएको आतंकवादी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव आज बिहान स्वदेश ल्याइएको छ। परराष्ट्र मन्त्रालयको पहलपछि सुदीपको शव श्रीनगरबाट नयाँदिल्ली हुँदै लखनऊसम्म हवाइजहाजमा र त्यहाँबाट नेपाल भारत सीमानाकासम्म एम्बुलेन्सबाट ल्याइएको हो। भैरहवास्थित नेपाल भारत नाका सुनौलीमा सुदीपका आफन्त शव लिन पुगेका थिए।

मंगलबार जम्मू कश्मिरको पहलगाममा आतंकवादी हमला हुँदा बुटवल उपमहानगरपालिका १४ का २७ वर्षीय सुदीप न्यौपानेको मृत्यु भएको थियो।  सुदीप वैशाख ६ गते आमा र बहिनीज्वाइँसहित भारत घुम्न गएका थिए। हमला हुँदा भागदौडमा परेर आमा सामान्य घाइते भइकी छन् भने बहिनीज्वाइँ सकुशल रहेको छिमेकीले बताएका छन्। उनीहरु पनि नेपाल आइपुगेका छन्।  

सम्बन्धित समाचार