२०८३ बैशाख २३ गते , बुधबार

कश्मिरको पहलगाम घटनाको निन्दा गर्दै आईपीएलमा आज कालोपट्टी बाँधेर खेलिने

sajilo news
झापा
२०८२ बैशाख १० गते , बुधबार
कश्मिरको पहलगाम घटनाको निन्दा गर्दै आईपीएलमा आज कालोपट्टी बाँधेर खेलिने

आईपीएल २०२५ अन्तर्गत आजको खेलमा खेलाडीहरूले कश्मिरको पहलगाममा भएको दुःखद घटनाप्रति श्रद्धाञ्जली स्वरूप एक मिनेट मौन धारण गर्ने र कालोपट्टी बाँधेर खेल्ने भएका छन् । 

हैदराबादमा हुने सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबीचको खेलअघि मौन धारण गर्ने र खेल अवधिभर खेलाडीहरूले हातमा कालोपट्टी बाँधेर खेल्ने भएका छन्  । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले यो निर्णय कश्मीरको पहलगाममा मंगलबार भएको आतंकवादी आक्रमणमा ज्यान गुमाउने २६ जना मानिसप्रति सम्मानस्वरूप गरिएको हो। उक्त आक्रमणमा थुप्रै मानिस घाइतेसमेत भएका थिए।

आजको खेलमा कुनै चियरलिडर, आतिशबाजी वा मनोरञ्जनात्मक कार्यक्रमहरू हुने छैनन् । बीसीसीआईले दर्शक र प्रसारण हेर्ने सबैलाई उक्त श्रद्धाञ्जलीमा सहभागी गराउन स्टेडियमको माइक प्रणालीमार्फत घोषणा गरिने जनाएको छ।

टसको समयमा दुवै टोलीका कप्तानहरूले पीडितप्रति सम्मान प्रकट गर्नेछन् र उक्त आक्रमणको निन्दा गर्नेछन्। खेलाडीहरू, रेफ्री, कमेन्टेटर र सहयोगी स्टाफले समेत कालो पट्टी बाँध्नेछन्। कमेन्टेटरहरूलाई पनि दर्शकहरूलाई कालो पट्टीको महत्व र घटनाको असरबारे जानकारी दिन भनिएको छ।

बीसीसीआईका सचिव देवजित सैकियाले बुधबार भनेका छन्, ‘पहलगाममा भएको बर्बर र कायरतापूर्ण आक्रमणले क्रिकेट समुदायलाई गहिरो दुःख दिएको छ। पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै, मृत आत्माहरूको चीर शान्तिको कामना गर्दछौं।’

सम्बन्धित समाचार