२०८३ असार ३ गते , बुधबार
बालकले इलेक्ट्रिक स्कुटर चलाएपछि...
सुनसरीको इटहरीमा इलेक्ट्रिक स्कुटर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । गएराति ८ः१० बजेतिर इटहरी उपमहानगरपालिका– १० साथी पेट्रोल पम्पनजिक कोशी लोकमार्गमा इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको रातो रङको अनटेस्ट इलेक्ट्रिक स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
तत्काल नाम, थर र वतन नखुलेका अन्दाजी १५ वर्षका बालकलाई उपचारको लागि विराट टिचिङ मेडिकल कलेज बूढीगंगा पठाएकोमा उपचारको क्रममा राति ८:२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।