२०८३ असार ३ गते , बुधबार
बिर्तामोडको क्षितिज सुधार केन्द्रको शौचालयमा लडेर महिलाको मृत्यु
बिर्तामोडको क्षितिज महिला विकास समाज सुधार केन्द्रको शौचालयमा लडेर महिलाको मृत्यु भएको छ । गएराति अन्दाजी १०ः१५ बजे बिर्तामोड नगरपालिका-५ किरात चौकस्थित सुधार केन्द्रमा लडेर इलाम नगरपालिका-४ बरबोटे बस्ने ५० वर्षीया जीवनकला काफ्लेको मृत्यु भएको हो । शौचालय जाने क्रममा लडेर बेहोस भएकी काफ्लेलाई सुधार केन्द्रकी संस्थापक तिलरुपा कटुवालले मनमोहन अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल पुर्याउनसाथ डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।
कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी विगत ३ महिनादेखि सुधारको लागि सो सुधार केन्द्रमा बस्दै आएकी थिइन् ।