२०८३ असार ३ गते , बुधबार

सांघाई समूहले डोजर लगाएर मेचीनगरमा संसारी माताको मन्दिर भत्काएपछि...

sajilo news
झापा
२०८२ बैशाख ९ गते , मंगलबार
सांघाई समूहले डोजर लगाएर मेचीनगरमा संसारी माताको मन्दिर भत्काएपछि...

झापाको मेचीनगरमा सांघाई समूहले डोजर लगाएर मन्दिर भत्काएको छ । गएराति अन्दाजी ९:३० बजे मेचीनगर नगरपालिका- ८ पातालगंगास्थित चिया विकास निगमअन्तर्गत टोकला चिया कमानले भाडामा लिई प्रयोग गर्दै आएको जग्गामा रहेको संसारी माताको मन्दिर सुवास सांघाईको समूहले डोजर लगाएर भत्काएको हो ।

यही बैशाख २० गते संसारी माताको पूजा गर्ने तयारीस्वरुप पुजास्थलमा घेराबारा गरिएको थियो । टोकला चिया कमानका प्रतिनिधिसहित मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश खरेल लगायतसँग भएको छलफलमा टोकला चिया कमानले अन्यत्र मन्दिर बनाइदिने सहमति गरेको थियो ।

तर, मन्दिर नबनाई बिना सल्लाह पुजास्थलमा डोजर लगाएर भत्काएपछि मन्दिर व्यवस्थापन समितिले विरोध गरेको छ । उनीहरूले बैशाख २० गतेसम्ममा मन्दिर स्थापना गर्नु पर्ने माग गरेका छन् । हाल मन्दिर व्यवस्थापन समिति, टोकला चिया कमानका प्रतिनिधि, जनप्रतिनिधि र स्थानीयबीच छलफल भइरहेको जनाइएको छ ।

सम्बन्धित समाचार