२०८३ असार ३ गते , बुधबार

आजको मौसम : चट्याङसहित वर्षाको सम्भावना

sajilo news
झापा
२०८२ बैशाख ९ गते , मंगलबार
आजको मौसम : चट्याङसहित वर्षाको सम्भावना

स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावले अहिले कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मुख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा र बाँकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती,  गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का  हिमपातको सम्भावना रहेको छ।

राति कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भागमा मुख्यतया रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा  चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार