२०८३ असार ३ गते , बुधबार

झापा कारागारभित्रै सास बढेर ढलेका एक कैदीबन्दीको मृत्यु

sajilo news
झापा
२०८२ बैशाख ८ गते , सोमबार
झापा कारागारभित्रै सास बढेर ढलेका एक कैदीबन्दीको मृत्यु

झापा कारागारका एक कैदीबन्दीको मृत्यु भएको छ । इलाम माङ्सेबुङ गाउँपालिका-४ घर भई झापा कारागारमा ज्यान सम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका ५९ वर्षीय धनबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार विश्वकर्माको मेडिकल रिपोर्टमा घाटीको क्यान्सरको लक्षण देखा परेको थियो ।

आज दिउँसो ४:२५ बजेको समयमा अचानक सास बढेर उनी कारागारभित्रै ढलेका थिए । उपचारको लागी प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याएकोमा उनको ४:४० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा मृतकको परिवारलाई खबर गरिएको जनाइएको छ । 

सम्बन्धित समाचार