२०८३ बैशाख २३ गते , बुधबार

मुम्बईले चेन्नईलाई ९ विकेटले हरायो

sajilo news
एजेन्सी
२०८२ बैशाख ८ गते , सोमबार
मुम्बईले चेन्नईलाई ९ विकेटले हरायो

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सविरुद्ध शानदार जित निकालेको छ।  वाङ्खेडे स्टेडियममा चेन्नईले दिएको १ सय ७७ रनको लक्ष्य मुम्बईले १५ दशमलब ४ ओभरमा १ विकेट गुमाएर पूरा ग¥यो। मुम्बईको जितमा रोहित शर्माले अविजित ७६, सूर्यकुमार यादवले अभिजित ६८ रनको योगदान गरे। 

चेन्नईका रवीन्द्र जडेजाले एक विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङमा आएको चेन्नईले पूरै २० ओभरमा ५ विकेट गुमाएर १ सय ७६ रन जोडेको थियो। 

उसका लागि रवीन्द्र जडेजाले अभिजित ५३ तथा शिभव दुबेले ५० रन जोडे । मुम्बईका जसप्रित बुमराहले सर्वाधिक २ विकेट लिए। गएरातिको जितसँगै मुम्बई ८ खेलमा ८ अंक जोडेर तालिकाको छैटौँ स्थानमा छ। पराजित चेन्नई भने समान खेलमा ४ अंकसहित तालिकाको अन्तिम स्थानमा छ। 

त्यसअघि हिजै भएको खेलमा पञ्जाब सुपर किंग्सविरुद्ध रोयल च्यालेन्जर्स बैंगलुरुले ७ विकेटको जित निकालेको थियो। 

आईपीएलमा आज कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्स भिड्दैछन्। यी दुई टोलीबीचको खेल इडेन गार्डेन मैदानमा राति पौने ८ बजे सुरु हुनेछ।

 

सम्बन्धित समाचार