२०८३ असार ३ गते , बुधबार

धवलशमशेर राणा हाजिर जमानीमा रिहा

sajilo news
झापा
२०८२ बैशाख ८ गते , सोमबार
धवलशमशेर राणा हाजिर जमानीमा रिहा

तीनकुनेमा राजावादीको आन्दोलनमा हिंसा भड्काउन प्रेरित गरेको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन्।

गत चैत १५ मा पक्राउ परेका उनलाई बोलाएको बेला उपस्थित हुनेगरी रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए।

क्यान्सरको उपचार गर्न भारत जानुपर्ने भएको हुनाले उनलाई रिहा गर्नुपरेको प्रहरीको भनाइ छ। उनको वैशाख १५ मा फलोअपको अपोइन्टमेन्ट रहेको बताइएको छ।

सम्बन्धित समाचार