२०८३ असार ३ गते , बुधबार

पाथीभरा दर्शनका लागि जाँदै गरेको जिपमा करेन्ट लागेर आगलागी, भद्रपुरका दुईसहित चार जनाको मृत्यु

sajilo news
झापा
२०८२ बैशाख ८ गते , सोमबार
पाथीभरा दर्शनका लागि जाँदै गरेको जिपमा करेन्ट लागेर आगलागी, भद्रपुरका दुईसहित चार जनाको मृत्यु

ताप्लेजुङको पाथीभरा दर्शनका लागि जाँदै गरेको जिपमा करेण्ट लाग्दा चार जनाको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते भएका छन्। सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीपमा आज बिहान ५ बजेतिर ‘सेवारो चोक’ भन्ने ठाउँमा पोलबाट लत्रिएको तार छुँदा करेण्ट प्रवाह भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए।

उनका अनुसार त्यसलगत्तै जीपमा आगो लागेको थियो। मृत्यु हुनेमा भद्रपुर-८ का ७० वर्षीय विनोद पौडेल, उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल, भद्रपुर मावली घर भई हाल ललितपुरकी १६ वर्षीया आध्या आचार्य रहेका छन् । यस्तै चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० का ४२ वर्षीय दुर्गा भट्टराईको पनि मृत्यु भएको छ।

बिजुलीको पोलबाट लत्रिएको तारमा जिपले छोएपछि आगलागी भएको र दुर्घटनामा परेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए।

सम्बन्धित समाचार