२०८३ असार ३ गते , बुधबार
मोरङको मिक्लाजुङमा ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु
मोरङको मिक्लाजुङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । आज दिउँसो १ः३० बजे मिक्लाजुङ गाउँपालिका ८ आपसारेस्थित उर्लाबारी– मिक्लाजुङ भित्री सडक खण्डमा मिक्लाजुङबाट उर्लाबारीतर्फ आउँदै गरेको को २ त ८३५६ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई सडकको दायाँपट्टि पल्टिएको हो ।
ट्याक्टरमा सवार सहचालक मोरङ उर्लाबारी ४ बस्ने अन्दाजी १९ वर्षीय लाजीहाङ लिम्बू गम्भीर घाइते भई उपचारको लागि उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा लगिएकोमा उपचारको क्रममा दिउँसो १ः४५ बजे मृत्यु भएको हो । नाम वतन नखुलेका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।