२०८३ असार ३ गते , बुधबार

निचाझोडा गोलधाप सामुदायिक वनमा चारदलीय गठबन्धनको प्यानल निर्वाचित, एमालेलाई धक्का

sajilo news
झापा
२०८२ बैशाख ५ गते , शुक्रबार
निचाझोडा गोलधाप सामुदायिक वनमा चारदलीय गठबन्धनको प्यानल निर्वाचित, एमालेलाई धक्का

बिर्तामोड नगरपालिका-७ स्थित सुन्दर निचाझोडा गोलधाप सामुदायिक वनको निर्वाचनमा चार दलीय गठबन्धनको प्यानल नै निर्वाचित भएको छ ।

सम्पन्न मतगणना अनुसार नेकपा एमालेको प्यानललाई पराजित गरी नेकपा माओवादी केन्द्र , नेपाली काँग्रेस , राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको गठबन्धन निर्वाचित भएको हो । एमालेका उम्मेदवार सूर्यबहादुर भट्टराईलाई २३१ मतको फराकिलो अन्तरले पराजित गरी गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेदवार कृष्णप्रसाद लिम्बू निर्वाचित भएका छन् । लिम्बूले ४८४ मत ल्याउँदा भट्टराईले मात्र २५३ मत पाएका छन् । यो जितसँगै अघिल्लो निर्वाचनमा एमाले उम्मेदवारबाट भोगेको पराजयको लिम्बूले बदला लिएका छन् ।

गठबन्धनका तर्फबाट उपाध्यक्षमा मङ्गलसिंह साँवा ४५६, सचिव इन्दिरा अधिकारी बाँसकोटा ४३२ , सहसचिव जीवन कार्की ४१० र कोषाध्यक्षमा इश्वरादेवी भट्टराईले ४३५ मत ल्याई विजय हासिल गरेका छन् । त्यस्तै महिला सदस्यमा शान्ता उप्रेती ४१९ , मञ्जु कट्टेल उप्रेती ४२०, जनजातितर्फ बुद्धराज लिम्बू ४२६, दलिततर्फ सावित्रा कार्की ४३१ र आदिवासीतर्फ मनमाया हस्दाले ४३६ मत ल्याई विजय हासिल गरेका छन् ।

सम्बन्धित समाचार