२०८३ असार ३ गते , बुधबार
करेन्ट लागेर ह्यापी ल्यान्ड फनपार्कमा एक कामदारको मृत्यु
झापाको ह्यापी ल्यान्ड फनपार्कमा करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ । कनकाई नगरपालिका-२ स्थित हेपी ल्यान्ड फनपार्कमा सोही फनपार्क भित्रको बिजुलीको काम गर्दै आइरहेका शिवसताक्षि नगरपालिका-९ निवासी ४५ को सन्तोष लिम्बुको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार दिउँसो साढे ४ बजेको समयमा फनपार्कभित्र बिजुली मर्मत गर्ने क्रममा लिम्बुलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका लिम्बुलाई कनकाई नगर अस्पताल सुरुङ्गा पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।