२०८३ असार ३ गते , बुधबार

नेपाल प्रहरीका ६ जना डीआइजीलाई एआइजी बढुवामा सिफारिस

sajilo news
झापा
२०८२ बैशाख ४ गते , विहीबार
नेपाल प्रहरीका ६ जना डीआइजीलाई एआइजी बढुवामा सिफारिस

नेपाल प्रहरीका ६ जना डीआइजीलाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरेको छ।बढुवा समितिको बिहीबार बसेको बैठकले चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो।

प्रहरी नियमावली, २०७१ को उपनियम २७ को उपनियम (४) अनुसार उनीहरूलाई एआइजी पदका लागि बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ।

सम्बन्धित समाचार