२०८३ असार ३ गते , बुधबार
बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते
ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । आज दिउँसो १.३० बजे ताप्लेजुङ फक्ताङलुङ –५ याङसिला चोकमा लेलेपबाट तापेथोकतर्फ आउँदै गरेको मे १ च ५१९३ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई बाटोबाट अन्दाजी ३ सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा बोलेरो चालक पाँचथर फिदिम– ३ बस्ने २५ सरोज श्रेष्ठको मृत्यु भएको हो ।
त्यस्तै सहचालक सोही ठाउँ बस्ने सौजन श्रेष्ठ घाइते भएका छन् । घाइते दुवैलाई आधारभूत स्वास्थ्य चौकी तापेथोक ताप्लेजुङमा ल्याइ डाक्टरले चेकजाँच गर्दा बोलेरो चालक सरोज श्रेष्ठको मृत्यु भइसकेको थियो । गम्भीर अवस्थाका सहचालक सौजन श्रेष्ठलाई थप उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको छ ।