२०८२ बैशाख १६ गते , मंगलबार
झापाका केही पालिकामा आज पनि स्थानीय बिदा

झापाका केही पालिकाहरूले आज बैशाख ३ गते पनि स्थानीय बिदा दिएका छन् । केही पालिकाले आदिवासी राजवंशी समुदायको सिरुवा पर्वको लागि थप बिदा दिएका छन् भने केहीले मेचे समुदायको बैशागु बथर पर्वको लागि बिदा दिएका छन् ।
बिर्तामोड नगरपालिका, गौरादह नगरपालिका, भद्रपुर नगरपालिका, झापा गाउँपालिका, बाह्रदशी गाउँपालिकालगायतले सिरुवाको लागि बिदा दिएका छन् भने मेचीनगर नगरपालिका र हल्दिवारी गाउँपालिकाले बैशागु बथर पर्वको लागि बिदा दिएका छन् । मेचीनगर नगरपालिकाले मेचे समुदायको बैशागु बथर पर्वमा पहिलो पटक सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।