२०८२ बैशाख १३ गते , शनिबार
मेचीनगरमा जंगली हात्तीले लखेटेपछि...

झापाको मेचीनगरमा जंगली हात्तीले लखेट्दा एक जना घाइते भएका छन् ।मंगलबार बिहान अन्दाजी १० बजे कालीझोडा सामुदायिक वनमा दाउरा खोज्न गएको अवस्थामा एउटा जंगली हात्तीले लखेट्दा भाग्ने क्रममा मेचीनगर नगरपालिका १२ कालिका बस्ने ३२ वर्षीय सन्तोष लिम्बू लडेर घाइते भएका हुन् ।
घाइते अवस्थामा उनकै भाइ सुजन लिम्बूले फेला पारी उपचारको लागि बिर्तासिटी अस्पताल लिएर आएका छन् । उनको बायाँ खुट्टा भाँच्चिएको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।