२०८३ असार ३ गते , बुधबार

सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चारजना घाइते

sajilo news
झापा
२०८२ बैशाख २ गते , मंगलबार
सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चारजना घाइते

सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ साठीमुरेमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन्।  सोमबार साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर खाँदबारी-९ साठीमुरेमा एकैपरिवारका चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

चट्याङ लागेर कोपिला श्रेष्ठ, १८ वर्षीय छोरा गगन श्रेष्ठ, १८ वर्षीया बुहारी बविता मगर र १३ वर्षीया छोरी निरुता श्रेष्ठ घाइते भएका हुन्। घाइते सबैको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको उनीहरू खतरामुक्त रहेका अस्पतालले जनाएको छ। 

सम्बन्धित समाचार