२०८२ बैशाख १३ गते , शनिबार

सप्तकोसी नदीबाट गाँजा तस्करी, १८० किलोग्राम गाँजा बरामद

sajilo news
झापा
२०८२ बैशाख १ गते , सोमबार
सप्तकोसी नदीबाट गाँजा तस्करी, १८० किलोग्राम गाँजा बरामद

उदयपुरको बेलका नगरपालिका–८ स्थित सप्तकोसी नदी किनारमा बेवारिसे अवस्थामा रहेको १ सय ८० किलोग्राम गाँजा प्रहरीले बरामद गरेको छ ।

गएराति विशेष सूचनाको आधारमा उदयपुरको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थायी प्रहरी पोस्ट कोठुबाट खटिएको प्रहरी टोलीले दुई वटा ट्युबमाथि नदी किनारमा पानीमा तैरिरहेको अवस्थामा ६ वटा प्लास्टिकको बोरामा गाँजा बरामद गरेको हो । उक्त गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको छ भने ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ ।

यता हिजो बेलुका झापाको प्रहरी चौकी महारानीझोडाबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा कमल गाउँपालिका–७ का २८ वर्षीय विशाल लिम्बूलाई ट्रमाडोल ४७० क्याप्सुल र डाईक्लोमिन ३९० ट्याब्लेटसहित नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार