२०८३ असार ३ गते , बुधबार

नयाँ वर्षकै दिन इलाममा मोटरसाइकल दुर्घटना, दुई वर्षीय बालकको मृत्यु

sajilo news
इलाम
२०८२ बैशाख १ गते , सोमबार
नयाँ वर्षकै दिन इलाममा मोटरसाइकल दुर्घटना, दुई वर्षीय बालकको मृत्यु

नयाँ वर्षमा इलाम घुम्न गएका बिर्तामोडका युवकको मोटरसाइकलको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ । आज दिउँसो ४ः१० बजे इलाम माई नगरपालिका–४ सुखानीस्थित बिर्तामोड–दानाबारी भित्री सडक खण्डमा दानाबारीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ९ प ४५९६ नम्बरको मोटरसाइकलले अर्जुनधारा–६ बस्ने रोम पाठकका छोरा २ वर्षीय ओस्कर पाठकलाई ठक्कर दिई घाइते बनाएको थियो । उनलाई बीएण्डसी अस्पताल बिर्तामोड ल्याई उपचारको गराइरहेकोमा दिउँसो ४ः४५ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनापछि मोटरसाइकल र मोटरसाइकल चालक बिर्तामोड– ४ बस्ने ३३ वर्षीय नकुल राजवंशीलाई प्रहरी चौकी दानाबारीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार