२०८२ बैशाख १३ गते , शनिबार

सुडानमा भोकमरीको सामना गरिरहेकामाथि हमला, सयभन्दा बढीको मृत्यु

sajilo news
बीबीसी
२०८१ चैत्र ३१ गते , आईतबार
सुडानमा भोकमरीको सामना गरिरहेकामाथि हमला, सयभन्दा बढीको मृत्यु

सुडानको डार्फर क्षेत्रमा भोकमरीको सामना गरिरहेका मानिसहरूका शिविरहरूमा दुई दिनसम्म भएको आक्रमणमा सय भन्दा बढी मानिसहरूको मृत्यु भएको छ।

अर्धसैनिक बल आरएसएफको आक्रमणमा मृत्यु हुनेमा २० बालबालिका र ९ राहतकर्मी पनि रहेको बीबीसीले जनाएको छ। सुडानका लागि संयुक्त राष्ट्रसंघीय मानवीय संयोजक क्लेमेन्टाइन न्क्वेटा–सलामीले भने कि र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) र सहयोगी मिलिशियाले शुक्रबार जामजाम र अबु शोरोक र नजिकैको शहर अल–फशेरमा रहेका शिविरहरूमा आक्रमण गरेको थियो।

अल–फशेर उत्तरी डार्फर प्रान्तको राजधानी हो र हाल सुडानी सेनाको नियन्त्रणमा छ। सुडानी सेना विगत दुई वर्षदेखि आरएसएफसँग लडिरहेको छ। संयुक्त राष्ट्रसंघका अनुसार यस गृहयुद्धमा अहिलेसम्म २४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। 

यद्यपि, अभियन्ताहरू वास्तविक संख्या धेरै बढी हुन सक्ने बताएका छन्।आक्रमणमा जम्जाम शिविरमा अझै पनि सञ्चालनमा रहेका स्वास्थ्य केन्द्रहरूमध्ये एकमा काम गरिरहेका नौ राहतकर्मीहरू मारिएका थिए।  शुक्रबार जम्जामस्थित उनीहरूको अस्पतालमा आक्रमण हुँदा रिलिफ इन्टरनेशनलका छ जना चिकित्साकर्मी मारिएका थिए।

सम्बन्धित समाचार