२०८३ असार ३ गते , बुधबार

करेन्ट लागेर झापा र इलाममा दुईजनाको मृत्यु

sajilo news
झापा
२०८१ चैत्र ३० गते , शनिबार
करेन्ट लागेर झापा र इलाममा दुईजनाको मृत्यु

करेन्ट लागेर झापा र इलाममा दुईजनाको मृत्यु भएको छ । आज बिहान अन्दाजी ११ बजेको विद्युतीय मोटरबाट करेन्ट लाग्दा झापाको कनकाईमा एकजनाको मृत्यु भएको हो । कनकाई नगरपालिका वडा नम्बर १ बस्ने ६६ वर्षीय ताराबहादुर विश्वकर्मा आफ्नै घरमा पानी तान्ने विद्युतीय मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका थिए । उनलाई उपचारको लागि आफन्तले बिर्तासिटी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

उता इलाममा पनि सोही समयमा करेन्ट लागेर अर्का एकजनाको ज्यान गएको छ । बिहान ११ बजे इलाम माई नगरपालिका ८ लालखोला बस्ने ४६ वर्षीय मदनकुमार राईले घरमा कोही नभएको अवस्थामा मोबाइल चार्ज गर्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो । लडेर मृत अवस्थामा देखेपछि स्थानीयले दिउँसो १२ः४० बजे प्रहरी चौकी महमाईमा जानकारी गराएका थिए । प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालयसँग समन्वय भइरहेको जनाइएको छ ।

सम्बन्धित समाचार