२०८३ असार ३ गते , बुधबार

झापामा आमाको किरियामा बसेका छोराको पनि निधन

sajilo news
झापा
२०८१ चैत्र ३० गते , शनिबार
झापामा आमाको किरियामा बसेका छोराको पनि निधन

झापाको दमकमा आमाको किरियामा बसेका छोराको निधन भएको छ । दमक-८ लक्ष्मी टोलमा आफ्नी आमा तिलामाया सङ्ग्रौलाको किरियामा बसेका जेठा छोरा ६१ वर्षीय रामप्रसाद सङ्ग्रौलाको निधन भएको हो । किरियाको पाँचौँ दिन बिहीबार राति सो घटना भएको हो ।

किरियामा बसेका सङ्ग्रौलालाई एक्कासि ह्रदयाघात भएपछि उपचारका लागि राति नै दमक अस्पताल लगिएको थियो । राति करिब पौने ९ बजे उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । तर पारिवारिक कारणले मृत्यु भएको खबर सार्वजनिक गरिएको थिएन ।

मृतक रामप्रसादका भाइ राप्रपाका केन्द्रीय सदस्य लक्ष्मीप्रसाद सङ्ग्रौलाले दाजुको अन्त्येष्टि आज दिउँसो २ बजे कनकाई माईमा गरिने जानकारी दिएका छन् ।

सम्बन्धित समाचार