२०८३ असार ३ गते , बुधबार

पोखरीमा डुबेर झापामा एक बालकको मृत्यु

sajilo news
झापा
२०८१ चैत्र २९ गते , शुक्रबार
पोखरीमा डुबेर झापामा एक बालकको मृत्यु

झापा बाह्रदशीको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका-३ बस्ने लोकबहादुर तामाङका ९ वर्षीय छोरा कृष्ण तामाङ रहेका छन् । कृष्णलाई उनकी आमा सिया लामाले माइतीघर बाह्रदशी गाउँपालिका-२ किरात टोलका पदम लामाको घर लगेकी थिइन् ।

मावल घरदेखि ५० मिटरपूर्व पोखरीको डिलमा खेल्ने क्रममा आज दिउँसो ३ बजे पानीमा डुबेर बालक सिकिस्त भएका थिए । उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा दिउँसो ४ः५० मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार