२०८३ असार ३ गते , बुधबार

ट्याक्टर चोरी गरी लैजाँदै गर्दा दुर्घटना, चोर्ने व्यक्तिको मृत्यु

sajilo news
झापा
२०८१ चैत्र २९ गते , शुक्रबार
ट्याक्टर चोरी गरी लैजाँदै गर्दा दुर्घटना, चोर्ने व्यक्तिको मृत्यु

इलाममा ट्याक्टर चोरी गरी लैजाँदै गर्दा दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ । मृतक इलाम नगरपालिका- १० बस्ने ४३ वर्षीय धनबहादुर राई भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

इलाम–७ का ईश्वर राईले बाटोमा पार्किङ गरी राखेको को.१ त ७३४१ नम्बरको ट्याक्टर बुधवार राति १०.५० बजे लिएर जाँदै गर्दा दुर्घटनामा परी राईको मृत्यु भएको हो ।

घाइते अवस्थामा फेला परेका राईलाई उपचारका लागि जिल्ला अस्पताल इलाम पुर्‍याइएकोमा उपचारका क्रममा मृत्यु भएको थियो । ट्याक्टर धनी राईले विगत ४–५ महिनादेखि सो ट्याक्टर बाटोमा राखेका थिए । उनी आफैले सो ट्याक्टर चलाउने गरेका थिए । बिरामी भएपछि ट्याक्टर थन्किएको थियो । ती व्यक्तिले ट्याक्टर लिएर जाँदै गर्दा टर्निङमा पल्टिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार