२०८३ असार ३ गते , बुधबार

इलाममा सबैभन्दा धेरै ११० मिलिमिटर वर्षा, त्यसपछि तराईका जिल्लामा

sajilo news
झापा
२०८१ चैत्र २८ गते , विहीबार
इलाममा सबैभन्दा धेरै ११० मिलिमिटर वर्षा, त्यसपछि तराईका जिल्लामा

देशका विभिन्न ठाउँमा पानी परिरहेको छ। काठमाडौँ उपत्यकाका केही क्षेत्रलगायत विभिन्न जिल्लाहरूमा वर्षा जारी छ। पछिल्लो १२ घन्टामा इलाममा सबैभन्दा धेरै ११० मिलिमिटर पानी परेको जल तथा मोसम विज्ञान विभागले जनाएको छ। त्यसपछि सर्लाहीमा ८९, पर्सामा ७३, उदयपुरमा ७१, सप्तरीमा ६६ र रौतहटमा ६५ मिलिमिटर पानी परेको छ।

आज राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

सम्बन्धित समाचार