२०८३ असार ३ गते , बुधबार
इलाममा ट्याक्टर दुर्घटना, चालकको मृत्यु
इलाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गएराति १०ः५० बजे इलाम नगरपालिका-७ जिरोस्थित मेची राजमार्गमा धोबिधाराबाट जिरोतर्फ जाँदै गरेको को १ त ७३४१ नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा ट्याक्टर चालक जिल्ला इलाम (ठेगाना नखुलेको) अन्दाजी वर्ष ४० का सुवास तामाङलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल इलाम पठाएकोमा राति ११ः२० बजे डाक्टरले मृत घोषणा गरेका थिए । घटनास्थलको मुचल्का तथा कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय इलामबाट टोली खटिएको इलाम प्रहरीले जनाएको छ ।