२०८३ असार ३ गते , बुधबार

मोटरसाइकल दुर्घटनामा परी सहायक प्रहरी निरीक्षक बस्नेतको मृत्यु

sajilo news
झापा
२०८१ चैत्र २८ गते , विहीबार
मोटरसाइकल दुर्घटनामा परी सहायक प्रहरी निरीक्षक बस्नेतको मृत्यु

मोटरसाइकल दुर्घटनामा परि घाइते भएका सहायक प्रहरी निरीक्षक (असई) टोप बहादुर बस्नेतको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत रहेका बस्नेत बुधवार नेपालगन्जबाट गुलरिया आउँदै गर्दा गुलरिया नेपालगन्ज सडक अन्तर्गत हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परि घाइते भएका थिए ।

बस्नेतले चलाएको मोटरसाइकल टयाक्कटरको ट्रलीमा ठोकिएर घाइते भएको र उनलाई उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार खनालले बताए ।

सम्बन्धित समाचार