२०८३ असार ३ गते , बुधबार

चट्याङ लागेर एक जनाको मृत्यु, ७ घाइते

sajilo news
झापा
२०८१ चैत्र २८ गते , विहीबार
चट्याङ लागेर एक जनाको मृत्यु, ७ घाइते

डोटीमा चट्याङ परी एक जनाको मृत्यु भएको छ।  सात जना घाइते भएका छन्। गएराति जिल्लाको सायल गाउँपालिका–६ दल्लेखस्थित लहरी नागरीको घरमा चट्याङ पर्दा उनकी श्रीमती अन्दाजी ३३ वर्षीया कमला नागरीको घटनास्थलमै मृत्यु भएको हो।

चट्याङबाट लहरीका छोराछोरीहरू १० वर्षीया तारा नागरी, ८ वर्षीय अविशेक नागरी, ६ वर्षीय अबि नागरी र ३ महिना शंकर नागरी घाइते भएका छन्। उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

चट्याङबाट स्थानीय ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीया खुशी नागरी पनि घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार