२०८३ असार ३ गते , बुधबार
मेचीनगरमा हात्तीले घर भत्काएर धान खायो
मेचीनगर । झापाको मेचीनगरमा जङ्गली हात्तीले घर भत्काएर धान खाइदिएको छ । एउटा जङ्गली हात्तीले गएराति १२ बजे मेचीनगर नगरपालिका-१ देबिगन्ज निवासी तुला लिम्बुको अन्नपात राखेको घरको बासको टाटी भत्काई कोठा भित्र रहेको अन्दाजी ५ मन धान खाई क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
धान र घर गरी अन्दाजी ४० हजार मूल्य बराबरको क्षति भएको छ । त्यस्तै सोही ठाउँमा १२/१३ वटा जङ्गली हात्तीले कमला राई र रमेश प्रधानको गरी अन्दाजी ८० वटा सुपारीको बोट भाँचिदिएको छ ।