२०८२ बैशाख १३ गते , शनिबार

अञ्जिलाको यो देशको झन्डा...गीत सार्वजनिक

sajilo news
झापा
२०८१ चैत्र २७ गते , बुधबार
अञ्जिलाको यो देशको झन्डा...गीत सार्वजनिक

गत महाशिवरात्रिको अवसरमा रिलिज भएको चलचित्र अञ्जिला यति बेला चौथो सातामा प्रदर्शन भइरहेको छ । पछिल्लो समय रिलिज भएको अन्य चलचित्र भन्दा चलचित्र अञ्जिलाले चौथो सातामा समेत राम्रो व्यापार गरिरहेको छ ।

यो चलचित्रको गीत यो देशको झन्डा…को भिडियो सोमबार सार्वजनिक गरिएको छ । यो गीतलाई लोकराज अधिकारीले लेखेका हुन् । यसमा हरि लम्सालको संगीत रहेको छ । यो गीत बबिना किराँतीको स्वरमा रेकर्ड गरिएको छ । खेलाडीलाई ऊर्जा र प्रेरणा दिने यो गीत अहिले सामाजिक सञ्जालमा निकै बज्ने गरेको छ ।

यो गीत बारेमा निर्देशक मिलन चाम्सले भने,‘यो गीत खेलकुद क्षेत्रको लागि एकदमै विशेष छ र हरेक खेल हुँदा स्टेडियममा यो गीत गुन्जिनु पर्छ भन्ने हाम्रो चाहना छ ।’

यो देशको झन्डा… गीत ‘स्पोट्र्स एन्थम’को रुपमा लोकप्रिय हुँदै गएको पनि निर्देशक चाम्सले जिकिर गरे । यो चलचित्र नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित छ । एन्जिला आफैँले चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी छिन् । बाल्यकालदेखि लिएर व्यावसायिक खेल जीवनसम्मको उनको सङ्घर्ष र सफलताको कथा चलचित्रमा प्रस्तुत गरिएको छ । यो चलचित्रमा निर्माता प्रेमकुमार श्रेष्ठसहित सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

सम्बन्धित समाचार