२०८३ असार ३ गते , बुधबार

आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

sajilo news
झापा
२०८१ चैत्र २७ गते , बुधबार
आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ। देशभर तुवाँलो लागेको अवस्था छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

कोशी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी भागका केहीस्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

देशमा अहिले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवास्पयुक्त हावाको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ।

 

सम्बन्धित समाचार