२०८३ असार ४ गते , विहीबार

भद्रपुरका १० जना सन्थाल महिलालाई सम्मान

sajilo news
झापा
२०८१ चैत्र २६ गते , मंगलबार
भद्रपुरका १० जना सन्थाल महिलालाई सम्मान

भद्रपुर  ।  भद्रपुर मारवाडी महिला मञ्चले नगर क्षेत्रका १० जना सन्थाल महिलालाई सम्मान गरेको छ । मञ्चले रामनवमी पर्वको अवसर पारेर अञ्जली मुर्मु किस्कु, फुलमुनी मुर्मु, मुच्ची किसन, सलौनी हेमरन, सुनिता मुर्मु, साहिली सोरेन, सुनिता मुर्मु, अपुनी वेस्रा, माङ्ग्री रोनी वेस्रा र मिनहा वेस्रालाई कपडा दिएर सम्मान गरेका हुन् । 
भद्रपुर मारवाडी महिला मञ्चकी अध्यक्ष निलम गोयलको अध्यक्षता एवम् भद्रपुर नगरकी उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा   
समाजसेवी विनय गोयल, भद्रपुर मारवाडी सङ्घका अध्यक्ष अजय साहेवाला ,सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरकी अध्यक्ष शीला खडका लगायतले कार्यक्रमको प्रशंसा गरेका थिए । मञ्चकी सचिव रीता सरावगीले सञ्चालन गरेको कार्यक्रममा सन्थाल जातिका नृत्य समेत प्रस्तुत गरिएको थियो ।  पछिल्लो समय मञ्चले दर्जनभन्दा बढी सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको अध्यक्ष गोयलले जानकारी दिइन् ।

सम्बन्धित समाचार