२०८३ बैशाख २३ गते , बुधबार

गोलकिपर अञ्जना आर्मी छाडेर एपीएफमा

sajilo news
झापा
२०८१ चैत्र २५ गते , सोमबार
गोलकिपर अञ्जना आर्मी छाडेर एपीएफमा

नेपाली राष्ट्रिय टिमकी गोलकिपर अञ्जना राना मगर विभागीय क्लब त्रिभुवन आर्मी छोडेर अर्को विभागीय टिम एपीएफमा आबद्ध भएकी छिन्। 

उनले ८ वर्षयता आर्मीमा आबद्ध भएर खेलिरहेकी थिइन्। करारमा रहेकी अञ्जनाले आर्मी छोडेर एपीएफमा आएको अन्नपूर्ण पोस्टलाई जानकारी दिएकी हुन्। ‘केही कागजी प्रक्रियाहरू बाँकी रहेका छन्। हाललाई एपीएफमा पनि करारमा आबद्ध हुन लागेको हुँ’, उनले भनिन्। 

८ वर्षयता आर्मीको पोस्ट सम्हालेकी अञ्जनाले अब भने एपीएफको पोस्टमा देखिने छिन्। अब एपीएफमा राष्ट्रिय टिमका पहिलो र दोस्रो रोजाइका दुवै गोलरक्षक टिममा हुने भएका छन्। 

एपीएफमा राष्ट्रिय टिमकी पहिलो रोजाइकी गोलकिपर एन्जिला तुम्बापो सुब्बा पनि आबद्ध छिन्। पछिल्लो समय महिला लिगमा उत्कृष्ट गोलकिपरको उपाधि जितेकी सावित्री किसान पनि एपीएफकै गोलकिपर हुन्।

सम्बन्धित समाचार