२०८३ असार ४ गते , विहीबार

पिएसजी १३औं पटक फ्रेन्च लिग वान च्याम्पियन

sajilo news
एजेन्सी
२०८१ चैत्र २४ गते , आईतबार
पिएसजी १३औं पटक फ्रेन्च लिग वान च्याम्पियन

डिजायर डुएको एक मात्र गोल गर्दै पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले शनिवार एन्जेर्स १–० ले हराएपछि ६ खेलअघि नै फ्रेन्च लिग वानको उपाधि जितेको छ।

लुइस एनरिकको टोलीलाई यो सिजन च्याम्पियन बन्नका लागि १ अंक मात्र आवश्यक थियो। तर डुएले ५५औं मिनेटमा गरेको गोलले टोलीले ३ अंक जोड्यो ।

यसअघि सन् २०१६ मा पिएसजीले ८ खेल बाँकी छँदै लिग वानको उपाधि जितेको थियो। लियोनले २००७ मा ६ खेल बाँकी छँदै सो उपलब्धि हासिल गरेको थियो।१९ वर्षे फरवार्ड डुएले पेरिसमा आफ्नो डेब्यु सिजनमै ११ गोल र ११ असिस्ट गरिसकेका छन्। उनी रेनबाट पिएसजी पुगेका थिए।

पिएसजीले पछिल्लो १३ सिजनमा ११ औं लिग वान उपाधि हो जितेको छ । समग्रमा उसको यो १३ औं शीर्ष डिभिजनको उपाधि हो।२८ खेलपछि पिएसजीको ७४ अंक पुगेको छ। समान खेलमा मोनाकोको ५१ अंक छ। एन्जेर्स २७ अंकसहित १४ औं स्थानमा छ।

सम्बन्धित समाचार