लखनउले मुम्बईलाई १२ रनले हरायो
लखनउ सुपर जायन्सले इन्डियन प्रिमियर लिग (आइपीएल)मा दोस्रो जित दर्ता गरेको छ। लखनउले मुम्बई इन्डियन्सलाई १२ रनले हराउँदै प्रतियोगिताको दोस्रो जित आफ्नो नाम गरेको हो।
लखनउस्थित भरत रत्न श्री अटल बिहारी बाज पाय एकाना क्रिकेट स्टेडियमटस हारेर ब्याटिङको निम्तो पाएको लखनउले २०३ रन बनाएको थियो। २०४ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ५ विकेट कुमाएर १९१ रन बनायो। सूर्यकुमार यादवले सर्वाधिक ६७ रनको अर्धशतकीय पारी खेले। उनले ४३ बलमा ९ चौका र एक छक्का प्रहार गरे।
ओपनरद्वय विल ज्याक्स र रयान रिक्याल्टनले क्रमश ५ र १० रन बनाए। नमान धिरले ४६ रन, तिलक वर्माले २५ रन बनाए।कप्तान हार्दिक पाण्ड्या २८ र मिचेल स्यान्थर दुई रनमा अविजित रहे। लखनउका लागि बलिङतर्फ सार्दुल ठाकुर, आकाश दिप, आवेश खान,दिग्वेश्व राठीले समान १-१ विकेट लिए।
त्यसअघि ब्याटिङ गरेको लखनौका लागि ओपनर मिचेल मार्चले सर्वाधिक ६० रनको अर्धशतकीय पारी खेले। उनले ३१ बलमा ९ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर एडेन मक्रमले ५३ रन बनाए। निकोलस पुरानले १२,आयुष बढोनीले ३० र डेविड मिलरले २७ रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्।
मुम्बईका लागि बलिङमा कप्तान हार्दिक पाण्ड्याले सर्वाधिक ५ विकेट लिए। ट्रेन्ड बोल्ट, अश्विनी कुमार र विक्नेश पुथुरले समान १-१ विकेट लिए। मुम्बईविरुद्ध जित निकालेपछि लखनऊ सुपजायन्स अङ्क तालिकाको छैटौं स्थानमा उक्लिएको छ। लखनौले चार खेल खेल्दै दुई जित र दुई हारसहित पहिलो खेलमा दिल्ली क्यापिटलसँग १ विकेटले हारेको लखनउले दोस्रो खेलमा सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको थियो। तेस्रो खेलमा लखनउ,पन्जाब किङसँग ८ विकेटले पराजित भएको थियो।
मुम्बईले पनि यो चौथो खेल खेलेको थियो। लगातार दुई हारपछि कोलकता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै तेस्रो खेलमा जित दर्ता गरेको मुम्बईले चौथो खेलमा पुन हार बेहोरेको छ।