२०८३ असार ४ गते , विहीबार

मोटरसाइकल दुर्घटना, श्रीमान–श्रीमतीको मृत्यु

sajilo news
मोरङ
२०८१ चैत्र २३ गते , शनिबार
मोटरसाइकल दुर्घटना, श्रीमान–श्रीमतीको मृत्यु

मोरङमा मोटरसाइकल दुर्घटनामा हुँदा एक दम्पतीको मृत्यु भएको छ । रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडक खण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा श्रीमान–श्रीमतीको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकल चालक रतुवामाई नगरपालिका–१ कल्याणपुरका सोम टुडू र पछाडि सवार उनकी श्रीमती वामनी हेमरमको मृत्यु भएको लम्सालले बताए । लम्सालका अनुसार राति १०ः१० बजेतिर आमबारीबाट उर्लाबारीतर्फ आउँदै गरेको को ९ प ७२९५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दम्पतीलाई स्थानीयले उद्धार गरेर उपचारका लागि रंगेली अस्पताल पठाएका थिए । उनीहरूको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।

सम्बन्धित समाचार