२०८३ असार ४ गते , विहीबार

कुकुरको टोकाइबाट एक वृद्धको मृत्यु

sajilo news
मोरङ
२०८१ चैत्र २१ गते , विहीबार
कुकुरको टोकाइबाट एक वृद्धको मृत्यु

मोरङमा कुकुरको टोकाइबाट एकजना वृद्धको मृत्यु भएको छ । आज बिहान ८ बजे मोरङ बेलबारी– १० स्थित १ न. चोकमा तत्काल नाम थर वतन बताउन नसक्ने अन्दाजी ६० वर्षीय वृद्धलाई छाडा कुकुरले दाहिने खुट्टाको पिँडुलामा टोकी घाइते बनाएको थियो । 

उनलाई प्रहरी चौकी डाँगीहाटबाट खटिएको प्रहरी टोलीले फेला पारी नगर अस्पताल बेलबारीमा ल्याई सामान्य उपचारपश्चात् थप उपचारको लागि कोशी अस्पताल विराटनगर पठाएको थियो ।

घाइतेलाई कोशी अस्पताल विराटनगर पुर्‍याउनसाथ चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । मृतकको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार